सन् १९२२ मा सगरमाथा आरोहण गर्ने क्रममा हिउँ पहिरोमा परी ७ जना शेर्पाहरूको मृत्यु भएको थियो।
सगरमाथाको पहिलोपटक सफल आरोहण गरेयताको ६७ वर्षमध्ये १६ वर्ष कोही पनि सगरमाथाको चचुरोमा पुग्न सकेको छैन।
सगरमाथाको सफल आरोहण गर्नेमा सबैभन्दा ठूलो सङ्ख्या नेपालीको छ। हालसम्म सफल आरोहण गर्नेमध्ये आधाभन्दा बढी नेपाली रहेका छन्।
सगरमाथा
पूरा पढ्नुहोस्
काठमाडौँ। नेपाल र चीनले छिट्टै विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथाको नयाँ उचाइ घोषणा गर्दै छन्। दुवै देशको टोलीले सगरमाथाको उचाई पुनः मापन गरिसकेका छन्, जसको घोषणा मात्र गर्न बाँकी रहेको छ।
हिउँको उचाइसमेत जोडेर सगरमाथाको नयाँ उचाइ घोषणा गर्न चीन सहमत भएपछि दुवै देशले सँगै उचाइ घोषणा गर्ने तयारी गरिरहेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले बताउँदै आएकी छन्। अहिले कूटनीतिक माध्यमबाट घोषणाको मिति तय गर्न दुवै देश लागिरहेका छन्।
“सगरमाथाको उचाइ नेपाल र चीनले संयुक्त रूपमा घोषणा गर्ने सहमति पहिले नै भएको हो। सोही सहमतिअनुसार घोषणाको मिति तय गर्न कूटनीतिक प्रयास भइरहेको छ। अहिले घोषणाको मिति टुङ्गो लागिसकेको छैन,” परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले देखापढीसँग भनिन्।
संसारकै सबैभन्दा अग्लो ८८४८ मिटर हिमाल आरोहण गर्ने पहिलो प्रयास सन् १९२१ मा भएको थियो। विभिन्न अध्ययनले सोहीबेला सगरमाथा चढ्ने बाटो पत्ता लागेको देखाएको छ। आउँदो वर्ष सगरमाथा आरोहण प्रयासको १०० औँ वर्ष पुग्दै छ। सम्भवतः उक्त वर्षसम्म सगरमाथाले नयाँ उचाइ पनि प्राप्त गर्नेछ।
पर्यटन विभागले प्रकाशन गरेको ‘माउन्टिनेयरिङ्ग इन नेपालः फ्याक्ट्स एण्ड फिगर्स २०२०’ रिपोर्टअनुसार हालसम्म ६,५०७ जनाले सगरमाथाको सफल आरोहण गरेका छन्। सगरमाथाको सफल आरोहण गर्नेमा ४७१ महिला र ६,०३६ जना पुरुष छन्।
सगरमाथाको पहिलोपटक सफल आरोहण सन् १९५३ मे २९ का दिन नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमण्ड हिलारीले गरेका थिए। सगरमाथाको पहिलोपटक सफल आरोहण गरे यताको हालसम्म ६७ वर्षको अवधिमा ६,५०७ जनाले आरोहण गरेका हुन्।
सगरमाथा आरोहण गर्ने क्रममा थुप्रैले ज्यान गुमाएका छन्। तर अहिलेसम्म सगरमाथा चढ्दा तथा चढेर फर्कने क्रममा कति जनाको मृत्यु भयो भन्ने तथ्याङ्क भने भेटिँदैन।
“सगरमाथा चढ्ने बाटो पत्ता लागेर आरोहण सुरु गरेको नै १०० वर्ष पुग्न लाग्यो। यो लामो अवधिमा सगरमाथा आरोहणका क्रममा कतिको मृत्यु भन्ने तथ्याङ्क हामीसँग छैन। तर पछिल्ला वर्षहरूको तथ्याङ्क भने भेटिन्छ,” पर्यटन विभागकी निर्देशक मिरा आचार्यले देखापढीसँग भनिन्।
सन् १९२२ मा सगरमाथा आरोहण गर्ने क्रममा हिउँ पहिरोमा परी ७ जना शेर्पाहरूको मृत्यु भएको थियो, यो नै सगरमाथा आरोहणका क्रममा रेकर्ड गरिएको पहिलो मानव मृत्यु हो। सगरमाथा आरोहणको पहिलो प्रयास भएको ३२ वर्षपछि सन् १९५३ मा तेन्जिङ र एडमण्डले सगरमाथाको पहिलो सफल आरोहण गरेका थिए। विभागका अनुसार सगरमाथा आरोहण गर्दाका यस्ता ४२ वटा रेकर्ड अहिलेसम्म कायम भइसकेका छन्।
सगरमाथाको पहिलोपटक सफल आरोहण भएयताको ६७ वर्षमध्ये १६ वर्ष कोही पनि सगरमाथाको चचुरोमा पुग्न सकेको छैन। बाँकी ५१ वर्ष भने कसै न कसैले सगरमाथाको सफल आरोहण गरेको भेटिन्छ।
एकै वर्ष सबैभन्दा बढीले सन् २०१९ मा सगरमाथाको सफल आरोहण गरेका थिए। उक्त वर्ष ६४३ जना सगरमाथाको चुचुरोमा पुगेका थिए। एकै वर्ष सबैभन्दा कम जनाले सगरमाथाको सफल आरोहण सन् १९५३ र १९७७ मा दुई–दुई जनाले गरेका थिए।
‘माउन्टिनेयरिङ्ग इन नेपालः फ्याक्ट्स एण्ड फिगर्स, २०२०’ मा उल्लेख भएअनुसार हालसम्म सगरमाथाको सफल आरोहण गर्नेहरूमध्ये आधाभन्दा बढी सन् २०१० पछि गर्नेहरू छन्। सन् २०११ देखि २०२० अक्टोबरसम्म एक दशकको अवधिमा ३,४४९ जनाले सगरमाथाको सफल आरोहण गरेका छन्।
हालसम्म विश्वका ८४ भन्दा बढी देशका नागरिकले सगरमाथाको सफल आरोहण गरेका छन्।
आरोहण गर्ने सबैभन्दा बढी नेपाली
पर्यटन विभागको तथ्याङ्कअनुसार सगरमाथाको सफल आरोहण गर्नेमा सबैभन्दा ठूलो सङ्ख्या नेपालीको छ। हालसम्म सफल आरोहण गर्नेमध्ये आधाभन्दा बढी नेपाली रहेका छन्।
सन् १९५३ यता हालसम्म ३,४४० भन्दा बढी नेपालीले सगरमाथाको सफल आरोहण गरेका छन्। नेपालीपछि सगरमाथाको सफल आरोहण गर्ने ठूलो सङ्ख्या अमेरिकीहरूको छ। हालसम्म ६२५ जनाभन्दा बढी नेपालीले सगरमाथाको सफल आरोहण गरिसकेका छन्।
सगरमाथाको सफल आरोहण गर्ने तेस्रो ठूलो सङ्ख्या भारतीयहरूको छ। हालसम्म ४०८ जनाभन्दा बढी भारतीयहरूले सगरमाथाको आरोहण गरिसकेका छन्।
हालसम्म नेपालबाट सगरमाथको सफल आरोहण गर्नेमा न्युजिल्याण्डका २३, स्वीट्जरल्याण्ड ३६, चीनका १८९, क्यानडाका ११२, रुसका ५२, जापानका १३६, इटालीका ३४, बेलायतका २३८, कोरियाका १९०, अष्ट्रेलियाका ७६, जर्मनीका ५४, फ्रान्सका ५८, अष्ट्रियाका २३, पोल्याण्ड २२, युगोस्लाभियाका ११, स्पेनका ६९, बुल्गेरियाका ६, नेदरल्याण्ड्सका १९, चेकोस्लाभाकियाका ३ र नर्वेका ४२ जना छन्।
यस्तै, मेक्सिकोका ३६, स्वीडेनका १५, बेल्जीयमका १०, हङकङका ९, चिलीका २७, लक्जेम्वर्गका १, पेरुका ५, फिनल्याण्डका १७, भेनेज्युअलाका ३, अर्जेन्टीनाका १९, कजाकास्तानका २, डेनमार्कका १०, स्वीडेनका १५, दक्षिण अफ्रिकाका १७, इजरायलका ४, आयरल्याण्डका ३, ताइवानका ७, हंगेरीका ५, इरानका २३, पाकिस्तानका ५, ब्राजिलका २४ जनाले पनि सगरमाथाको सफल आरोहण गरेका छन्।
सगरमाथा आरोहण गर्नेमा बोलिभियाका ३, इस्टोनियाका २, इण्डोनेसिया ९, डोमिनिकन रिपब्लीकका २, बंगलादेशका ४, चेक रिपब्लीकका ३, जर्जियाका ७, इक्वेडरका ७, मंगोलियाका ५, सिंगापुरका २२, लाट्भियाका ३, मलेसियाका २२, साउदी अरेबियाका ३, युनाइटेड अरब इमिरेट्सका ८, पोर्चुगलका ३, मोरक्कोका ३, श्रीलंकाका २, युक्रेनका ७, थाइल्याण्डका २, आइसल्याण्डका ११, कोसोभाको ५, ग्रीसका १०, रोमानियाका ३, लेबनानका ५ र इजिप्टका २ जना छन्।
तान्जानिया, कोस्टारिका, एन्डोरा, ट्युनिसिया, नामिबिया, बहामस, कतार, ओमान, उरुग्वे, सिरिया, बोस्नीया-हर्जगोभिना, ताइपेइ, स्लोभाकिया, प्यालेस्टाइनका र साइप्रसका एक-एक जनाले पनि सगरमाथाको सफल आरोहण गरेका छन्। यीबाहेक अन्य देशका केहीले पनि सगरमाथा आरोहण गरेका छन्।
छालहरू डराएका नदि पार गर्न सकिदैन प्रयास उद्देश्य पराजित गर्दैन
जब दाना बोकेको सानो कमिला पर्खालहरुमा चढ्छ
एक सय पटक स्लाइडहरू कि भरण साहस नसाहरु आपत्ति विश्वास माउंटेड गिरावट, Akrta छैन तल चढ्नु तिनको कडा बेकारी प्रयास गर्नेहरूको हार छैन
,नदिमा डुबुल्की मार्छ र फर्केर खाली हात फर्कन्छन, तर सहजै गर्दैन, मोती गहिरो पानीमा बढ्छ , दोहोरो उत्साह समान हुन्छ, प्रत्येक पटक मुट्ठी खाली हुँदैन, हरेक चोटि प्रयास गर्नेहरू पराजित हुँदैनन्। को
विफलता स्वीकार गर्न चुनौती छ गए के अभाव, रुप र सुधारिएको मिति यसलाई सफल नभएसम्म, गुमाउन निद्रामा शान्तिमा गर्छन् द्वन्द्व रन को क्षेत्र छोड्न तपाईं जय जय केहि काम नगरी कार होइन, प्रयास गर्नेहरू पराजित हुँदैनन्
सन् १९२२ मा सगरमाथा आरोहण गर्ने क्रममा हिउँ पहिरोमा परी ७ जना शेर्पाहरूको मृत्यु भएको थियो।
सगरमाथाको पहिलोपटक सफल आरोहण गरेयताको ६७ वर्षमध्ये १६ वर्ष कोही पनि सगरमाथाको चचुरोमा पुग्न सकेको छैन।
सगरमाथाको सफल आरोहण गर्नेमा सबैभन्दा ठूलो सङ्ख्या नेपालीको छ। हालसम्म सफल आरोहण गर्नेमध्ये आधाभन्दा बढी नेपाली रहेका छन्।
पूरा पढ्नुहोस्
काठमाडौँ। नेपाल र चीनले छिट्टै विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथाको नयाँ उचाइ घोषणा गर्दै छन्। दुवै देशको टोलीले सगरमाथाको उचाई पुनः मापन गरिसकेका छन्, जसको घोषणा मात्र गर्न बाँकी रहेको छ।
हिउँको उचाइसमेत जोडेर सगरमाथाको नयाँ उचाइ घोषणा गर्न चीन सहमत भएपछि दुवै देशले सँगै उचाइ घोषणा गर्ने तयारी गरिरहेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले बताउँदै आएकी छन्। अहिले कूटनीतिक माध्यमबाट घोषणाको मिति तय गर्न दुवै देश लागिरहेका छन्।
“सगरमाथाको उचाइ नेपाल र चीनले संयुक्त रूपमा घोषणा गर्ने सहमति पहिले नै भएको हो। सोही सहमतिअनुसार घोषणाको मिति तय गर्न कूटनीतिक प्रयास भइरहेको छ। अहिले घोषणाको मिति टुङ्गो लागिसकेको छैन,” परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले देखापढीसँग भनिन्।
संसारकै सबैभन्दा अग्लो ८८४८ मिटर हिमाल आरोहण गर्ने पहिलो प्रयास सन् १९२१ मा भएको थियो। विभिन्न अध्ययनले सोहीबेला सगरमाथा चढ्ने बाटो पत्ता लागेको देखाएको छ। आउँदो वर्ष सगरमाथा आरोहण प्रयासको १०० औँ वर्ष पुग्दै छ। सम्भवतः उक्त वर्षसम्म सगरमाथाले नयाँ उचाइ पनि प्राप्त गर्नेछ।
पर्यटन विभागले प्रकाशन गरेको ‘माउन्टिनेयरिङ्ग इन नेपालः फ्याक्ट्स एण्ड फिगर्स २०२०’ रिपोर्टअनुसार हालसम्म ६,५०७ जनाले सगरमाथाको सफल आरोहण गरेका छन्। सगरमाथाको सफल आरोहण गर्नेमा ४७१ महिला र ६,०३६ जना पुरुष छन्।
सगरमाथाको पहिलोपटक सफल आरोहण सन् १९५३ मे २९ का दिन नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमण्ड हिलारीले गरेका थिए। सगरमाथाको पहिलोपटक सफल आरोहण गरे यताको हालसम्म ६७ वर्षको अवधिमा ६,५०७ जनाले आरोहण गरेका हुन्।
सगरमाथा आरोहण गर्ने क्रममा थुप्रैले ज्यान गुमाएका छन्। तर अहिलेसम्म सगरमाथा चढ्दा तथा चढेर फर्कने क्रममा कति जनाको मृत्यु भयो भन्ने तथ्याङ्क भने भेटिँदैन।
“सगरमाथा चढ्ने बाटो पत्ता लागेर आरोहण सुरु गरेको नै १०० वर्ष पुग्न लाग्यो। यो लामो अवधिमा सगरमाथा आरोहणका क्रममा कतिको मृत्यु भन्ने तथ्याङ्क हामीसँग छैन। तर पछिल्ला वर्षहरूको तथ्याङ्क भने भेटिन्छ,” पर्यटन विभागकी निर्देशक मिरा आचार्यले देखापढीसँग भनिन्।
सन् १९२२ मा सगरमाथा आरोहण गर्ने क्रममा हिउँ पहिरोमा परी ७ जना शेर्पाहरूको मृत्यु भएको थियो, यो नै सगरमाथा आरोहणका क्रममा रेकर्ड गरिएको पहिलो मानव मृत्यु हो। सगरमाथा आरोहणको पहिलो प्रयास भएको ३२ वर्षपछि सन् १९५३ मा तेन्जिङ र एडमण्डले सगरमाथाको पहिलो सफल आरोहण गरेका थिए। विभागका अनुसार सगरमाथा आरोहण गर्दाका यस्ता ४२ वटा रेकर्ड अहिलेसम्म कायम भइसकेका छन्।
सगरमाथाको पहिलोपटक सफल आरोहण भएयताको ६७ वर्षमध्ये १६ वर्ष कोही पनि सगरमाथाको चचुरोमा पुग्न सकेको छैन। बाँकी ५१ वर्ष भने कसै न कसैले सगरमाथाको सफल आरोहण गरेको भेटिन्छ।
एकै वर्ष सबैभन्दा बढीले सन् २०१९ मा सगरमाथाको सफल आरोहण गरेका थिए। उक्त वर्ष ६४३ जना सगरमाथाको चुचुरोमा पुगेका थिए। एकै वर्ष सबैभन्दा कम जनाले सगरमाथाको सफल आरोहण सन् १९५३ र १९७७ मा दुई–दुई जनाले गरेका थिए।
‘माउन्टिनेयरिङ्ग इन नेपालः फ्याक्ट्स एण्ड फिगर्स, २०२०’ मा उल्लेख भएअनुसार हालसम्म सगरमाथाको सफल आरोहण गर्नेहरूमध्ये आधाभन्दा बढी सन् २०१० पछि गर्नेहरू छन्। सन् २०११ देखि २०२० अक्टोबरसम्म एक दशकको अवधिमा ३,४४९ जनाले सगरमाथाको सफल आरोहण गरेका छन्।
हालसम्म विश्वका ८४ भन्दा बढी देशका नागरिकले सगरमाथाको सफल आरोहण गरेका छन्।
आरोहण गर्ने सबैभन्दा बढी नेपाली
पर्यटन विभागको तथ्याङ्कअनुसार सगरमाथाको सफल आरोहण गर्नेमा सबैभन्दा ठूलो सङ्ख्या नेपालीको छ। हालसम्म सफल आरोहण गर्नेमध्ये आधाभन्दा बढी नेपाली रहेका छन्।
सन् १९५३ यता हालसम्म ३,४४० भन्दा बढी नेपालीले सगरमाथाको सफल आरोहण गरेका छन्। नेपालीपछि सगरमाथाको सफल आरोहण गर्ने ठूलो सङ्ख्या अमेरिकीहरूको छ। हालसम्म ६२५ जनाभन्दा बढी नेपालीले सगरमाथाको सफल आरोहण गरिसकेका छन्।
सगरमाथाको सफल आरोहण गर्ने तेस्रो ठूलो सङ्ख्या भारतीयहरूको छ। हालसम्म ४०८ जनाभन्दा बढी भारतीयहरूले सगरमाथाको आरोहण गरिसकेका छन्।
हालसम्म नेपालबाट सगरमाथको सफल आरोहण गर्नेमा न्युजिल्याण्डका २३, स्वीट्जरल्याण्ड ३६, चीनका १८९, क्यानडाका ११२, रुसका ५२, जापानका १३६, इटालीका ३४, बेलायतका २३८, कोरियाका १९०, अष्ट्रेलियाका ७६, जर्मनीका ५४, फ्रान्सका ५८, अष्ट्रियाका २३, पोल्याण्ड २२, युगोस्लाभियाका ११, स्पेनका ६९, बुल्गेरियाका ६, नेदरल्याण्ड्सका १९, चेकोस्लाभाकियाका ३ र नर्वेका ४२ जना छन्।
यस्तै, मेक्सिकोका ३६, स्वीडेनका १५, बेल्जीयमका १०, हङकङका ९, चिलीका २७, लक्जेम्वर्गका १, पेरुका ५, फिनल्याण्डका १७, भेनेज्युअलाका ३, अर्जेन्टीनाका १९, कजाकास्तानका २, डेनमार्कका १०, स्वीडेनका १५, दक्षिण अफ्रिकाका १७, इजरायलका ४, आयरल्याण्डका ३, ताइवानका ७, हंगेरीका ५, इरानका २३, पाकिस्तानका ५, ब्राजिलका २४ जनाले पनि सगरमाथाको सफल आरोहण गरेका छन्।
सगरमाथा आरोहण गर्नेमा बोलिभियाका ३, इस्टोनियाका २, इण्डोनेसिया ९, डोमिनिकन रिपब्लीकका २, बंगलादेशका ४, चेक रिपब्लीकका ३, जर्जियाका ७, इक्वेडरका ७, मंगोलियाका ५, सिंगापुरका २२, लाट्भियाका ३, मलेसियाका २२, साउदी अरेबियाका ३, युनाइटेड अरब इमिरेट्सका ८, पोर्चुगलका ३, मोरक्कोका ३, श्रीलंकाका २, युक्रेनका ७, थाइल्याण्डका २, आइसल्याण्डका ११, कोसोभाको ५, ग्रीसका १०, रोमानियाका ३, लेबनानका ५ र इजिप्टका २ जना छन्।
तान्जानिया, कोस्टारिका, एन्डोरा, ट्युनिसिया, नामिबिया, बहामस, कतार, ओमान, उरुग्वे, सिरिया, बोस्नीया-हर्जगोभिना, ताइपेइ, स्लोभाकिया, प्यालेस्टाइनका र साइप्रसका एक-एक जनाले पनि सगरमाथाको सफल आरोहण गरेका छन्। यीबाहेक अन्य देशका केहीले पनि सगरमाथा आरोहण गरेका छन्।
(जलेछु भित्र भित्रै, छाती भरी व्यथा छ ) माथिका हरफले मेरै जीवन कहानी शब्द शब्दमा बोलेको छ । जिन्दगीलाई केस्रा केस्रामा केलाउँदा आफैलाई सोध्न मन् लाग्छ के यो पनि जिन्दगी हो र भड्किन खोज्ने मनलाई बहलाउन सोचे जस्तो हुन्न जीवन खोजे जस्तो हुन्न जीवन भन्न मन लाग्छ । सत्य हो । सोचे जस्तो, खोजे जस्तो जीवन हामी सबैको कहाँ हुन्छ र यदि सबैको जीवन सोचे जस्तै हुँदो हो त मान्छेहरू किन रुन्थे ।सोचे जस्तो जीवननभएकै कारण समय समयमा सुन्दै मुटु खाने घटनाहरू हाम्रो समाजमा घट्छ । सायद मैलेअलिकति ढिला गरेको भए म पनि त्यस्ता खाले घटनाको रचनाकारमा आफ्नो नाम दर्ता गराउनपुग्ने थिए होला । घाउ बिनाको चोटमा भक्कानिदै मुटुदुःखेको पल, मेरो मनमा पनि त्यस्तो अनर्थ गर्ने रहर जागेरआएको थियो । हुन त जीवन भोगाइसँग सन्तुष्ट नहुने सबैले देहत्याग गर्नै पर्छ भन्ने छैन। मेरो भोगाइले यस्तै भन्यो । स्वप्नील संसारमाऔंसीको कालो रात आउँदा मलाई त्यो बाटो प्यारोलागेको थियो । पटक, पटक मेरो आत्माले मलाई त्यही बाटो हिँड्न अभिप्रेरित गर्दथ्यो ।जीवनदेखि अघाएर भनौं या हार मानेर । मैले हिड्न खोजेको गोरेटो वास्तवमा गलत रहेछ। आज म आफैंप्रति गर्व गर्छु । मैले त्यो पल सही निर्णय लिन सकेकोमा । धन्यवाद दिन्छु मलाई त्यो पलमा साथदिने मेरा आत्मीय मित्रलाई । कुरै कुरामा हितैषी मित्रले एक दिन भनेका थिए । आत्महत्या गर्नु त महापाप हो ।मलाई पनि त्यस्तै लाग्यो ।त्यसपछि बल्ल मेरो दोधारे मन काबुमा आयो । मैले गलत गर्नबाट आफूलाई जोगाए । मैले जित्नुपर्छ भन्ने हर मान्छेमा हुने स्वभाव हो । त्यो स्वभावबाट म पनि चोखो छैन । जित्नुपर्छ भन्ने लोभी चाहनाले मलाई पनि बेला बेलामा गाँजेकै हो । सबै मान्छेमा जित्ने चाहना हुन्छ । तर जित्ने तरिका फरक ।जाल झेल गरेर जित्छु भन्ने एकथरी छन् ।अर्कोथरी जाल झेलबिनाको जितलाई मात्र जित हो भन्छन् । वास्तवमाजालझेलबिनाको जित नै सही जित हो ।यो जित परन्तु रहन्छ ।म पनि जालझेल बिनाको जित चाहन्थे।त्यो जितमा मेरो पसिनाको लगानी होस् । तर स्वार्थीहरूको बस्तीमा इमानदारिता नचाहेरै मर्दो रहेछ ।मेरो इमानदारिता बिस्कुन लागेको पल एकाएक आफैंसँग हार्न पुगे। म हारेकै हो भन्ने लागेको थियो मलाई त्यो पल ।वास्तवमा त्यो हार, हार थिएन । मैले त्यहाँ हारेर पनि जितेको रहेछु । मैले मान्छे नजिकबाट चिन्ने अवसर पाएँ ।मान्छेलाई तौलन पाउनु मेरो जित थियो । सुन्दर अनुहारभित्र कालो मन लुकेको हुन्छ भन्ने थाहा पाएँ । मअन्धाभक्तको लागि सुतेको मलाई जगाउने माध्यम भयो । बलेको आगो ताप्ने जमातमा आफूचाहिं आगो बालेर ताप्छु भन्नु मूर्खता रहेछ । जन्मँदा एक्लै मर्दा पनि एक्लै जानुपर्ने रीत दुनियाँको । त्यसैले तजिन्दगीका मोडहरूमा कोही कसैको साथ हुन्न । बनावटी र देखावटीका साथ अनि नामको मात्र साथ यहाँ धेरै छन् । कमैको भाग्यमा मात्र सही साथ जुरेको हुन्छ ।सही साथ जुर्नेहरू यहाँ हाँसेको छन्,जितेका छन् ।एक अर्कोले मनमा लगाम लगाउन नसक्ने साथहरू भित्रभित्रै दुखेका छन् । त्यस्ता साथहरू नभएकै बेस हो । जसले साथीमा हुनुपर्ने गुण बुझेको हुन्न । जसले साथीले निभाउनुपर्ने भूमिका निभाउन जानेको हुन्न । त्यो साथीसाथी होइन जसले मौका मिल्दा आÏनै साथीको आँखामा पर्दा हाल्ने काम गर्छ । साथी साथी बीचमा कहिले पनि पर्दा हाल्नु हुन्न । हरेक कुराहरू खुला किताबसरह हुनुपर्छ ।यदि यस्तो भयो भने मात्र त्यो साथ दीर्घायु रहन्छ ।त्यो साथ सजिलै शिखरमा पुग्नेछ । मान्छेको जिन्दगी कर्कलो पातको पानी रहेछ ।कहिले पनि यो स्थिर रहन जान्दैन । त्यसैले मान्छेका जीवनमा अनेकौ उतार चढावहरूआउँछ । त्यसको सामना गर्नु नगर्नु हाम्रै हातको कुरा हो ।
बुझेर बुझ्नै सकिन्न हामीले हाम्रो जिन्दगी ।जिन्दगीलाई खोज्दा खोज्दै हामी एकदिन थला पर्छै यसको कुनै निश्चित आकार छैन । आकार हुने भए पो यसलाई बुझ्न र देख्न सकिन्थ्यो । त्यसैले त होला मान्छेको जिन्दगी रहस्यमय भोगाइ बनेको । हरेक मोडमा दोबाटा भेटिन्छन् ।कुनचाहिं बाटोले सही गन्तव्यमा पुर्याउँछ चिन्न सक्नु नसक्नु हाम्रै कमजोरी हो । आज जति पनि परिर्वतन भएको छ। सब समयको माग बुझेर आफूलाई सही बाटोमा हिंडाउन सक्नेहरूबाटै भएको छ । जसले आफ्नो जीवनलाई धेरै नजिकबाट बुझे सही गन्तव्य चिने । आफूलाई सही प्रयोग गर्न जानेकै कारणउनीहरूले जिते सधैंजित्नेछ ।जन्मेपछि एक दिनहामीले मर्नुपर्छ । मान्छे भएर जन्मेपछि बाँचेर मर्ने होइन मरेर पनि बाँच्नु सक्नुपर्छ ।जन्मने र मर्ने काम हामी सबैबाट हुन्छ । जन्मने र मर्ने काम मात्र भयो भने हामी मान्छे हुनै सक्दैनौं।हामीले मरेर पनि बाँचिरहने काम गर्न सक्यौ भने मात्र पो हामी मान्छे बन्छौं । स्वार्थबाट मुक्त हुन जरुरी छ । जालझेल र पाप कर्मबाट बँच्न जरुरी छ ।फूलको आँखाले संसार नियाल्नु जरुरी छ । सुन्दर फूल गुलाव पनि त काँडै काँडाबीच फूलेको हुन्छ । आफू काँडाबीच फूलेर पनि बगैंचाको शोभा बढाउन ऊ तल्लीन रहन्छ । हामीले पनि गुलाव बन्ने प्रयास गर्नुपर्छ । सिक्काको दुई पाटा भएझैं हाम्रो यात्राका हरमोडमा दुईटा बाटाहरू हुन्छ। सुख दुःख, हाँसो आँसु, पाउने गुमाउने, लुटाउने लुट्ने, सही गलत । कुन चाहिँ बाटो हामीले हिँड्छौ त्यहीअनुसार हाम्रो स्थान हुनेछ ।कागतीलाई निचोरेझैं मैले पनि आफ्नो मनलाई निचोरे । बुझिनसक्नुको जिन्दगीलाईकेही बुझेजस्तो लाग्यो।आफ्नो साथमा जे छ, त्यसैमा सन्तोष मान्यो भने सदा सुखी र खुसी र हुन सकिन्छ। आफूसँग जे जति छ त्यसैमा मनलाईबुझो लगाउन सक्नु बुद्धिमानी हो । यहाँका धेरै मानव मनहरू लुट्नमात्र खोज्छ।हिजोका मेरा भोगाइहरू दशी बनेर मेरै वरिपरि चर्दै छ।मेरा भोगाईहरु, बिवश मेरो कथा हरु – टङ्गी
खुशी कसरी रहने ? यस्ता छन ७ बानी जसले तपाईलाई खुशी रहन सिकाउनेछ ।
खुशी रहनु मानिसको जन्मजात स्वभाव हो । यसको उदाहरण हामी सानो बच्चालाई लिन सक्दछौं । आखिर बच्चा कसरी खुशी हुन सक्छ । हामी प्रायःजसो उदाहरण दिदाखेर आफ्नो जीवनकालका सबैभन्दा खुशीका दिनहरु आफ्नो वाल्यकाललाई सम्झन्छौं । हाम्रो जीवनका राम्रा दिनहरु भनेका बालककालका दिनहरु हुन । बाल्यकाल सबैका लागि स्मरणयोग्य हुन्छ । हामी बाल्यकालमा सुख होस वा दुःख होस हामी खुशी अवस्य हुन्छौं यसको अर्थ हामी जन्मजात खुशी हुन्छौ ।
बालबालिकालाई खुशी हुन कसैले सिकाइराख्नु पर्दैन । तर जब हामी विस्तारै विस्तारै ठुला हुँदै जान्छौ वा हाम्रो उमेर बढ्दै जान्छ हामी घर, परिवार, वातावारण, समाजमा घुलमिल हुँदै जान्छौं र विस्तारै विस्तारै हामी भित्र दुःख बढ्दै जान्छ । विस्तारै दुःख यति बढ्दै जान्छ की हामी प्राकृतिक खुशीलाई विर्सदै जान्छौ र हामीभित्रको खुशी लुटिन्छ र हाम्रो स्वभाव परिवर्तन हुँदै जान्छ र हामीलाई यस्तो लाग्छ की हामी जन्मजात नैं दुखी थियौं र यो नैं प्राकृतिक प्रवृत्ती हो ।

सबै मानिसहरुको साथमा दुःख नै हुन्छ भन्ने हुँदैन । धेरै जसो मानिसहरु आफ्नो जीवनमा हेप्पी वा खुशी रहने प्राकृतिक अवस्थालाई बचाइराख्न सक्दछन जसले उनीहरु एउटा सुन्दर खुशी जीवन विताउँदछन् । जो मानिस खुशी जीवन विताउदछन् के तिनी मानिसको जीवनमा दुःख हुँदैन त ? होइन, सबै मानिसको जीवनमा सुख र दुःख हुन्छ । सुख र दुःख एउटा रथका दुइ पांग्रा हुन । तर जो मानिस व्यर्थको चिन्ता गर्दैन र प्रायजसो हासि खुशी बस्छन् त्यसप्रकारका मानिसहरु खुशी साथ जीवन विताउँदछन् ।

सबै मानिस खुशी रहन चाहन्छन् । तर के सबै मानिस खुशी रहन सक्छन् एउटा गम्भिर प्रश्न खडा हुन्छ, कुनै मानिसहरु सधै खुशी रहन सक्छन भने बाँकी मानिस किन खुशी रहन सक्दैनन् वा किन दुःखि हुन्छन् । आखिर मानिसलाई तनाब र भागदौडमा पनि कसरी खुशी मिल्दछ भन्ने विषयबारे जानौ ।

आज हामी यहाँ ७ वटा बानिहरु जसले तपाईको जीवनमा पनि खुशीको बहार ल्याउन मद्दत पुग्नेछ ।
बानि नं. १ः खुशी रहने व्यक्ति राम्रो मात्र सोच्दछन भने नराम्रो कुरामा पनि राम्रो खोज्दछन् ।
मानिसको प्राकृतिक प्रवृत्ति नकारात्मकतालाई धेरै चाँडो टिप्दछन् । मनोवैज्ञानिकहरु यसलाई “नकारात्मक पूर्वाग्रह” भन्छन् । धेरै जसो मानिसहरु अरुमा कुनै कमजोरी छ भने त्यसलाई चाँडै देख्दछन् तर कसै भित्रको राम्रो चिजलाई देख्न सक्दैनन् वा राम्रो पक्षका बारेमा विशेष जोड दिँदैनन् । तर खुशी रहने व्यक्ति हरेक भित्र राम्रो चिजको अपेक्षा गरिरहेको हुन्छ, हरेक वस्तुमा राम्रोको कल्पना गरिरहेको हुन्छ र सोच्ने गर्दछ जे हुन्छ राम्रैको लागी हुन्छ । कुनै पनि मानिस भित्रको राम्रोपन देख्नु सजिलो विषय हो यसका लागि हामीले आफैलाई एउटा प्रश्न गर्नु जरुरी छ की आखिर त्यो मान्छे किन असल छ ? र तपाईको दिमागले सोच्नेछ की त्यो मान्छे राम्रो हो र तपाईको मस्तिष्कमा सकारात्मक विचारहरु प्रवाह हुदै जानेछन् ।
एउटा महत्वपूर्ण कुरा तपाईले राम्रो कुरा कुनै व्यक्ति मा मात्र होइन जुनसुकै परिस्थितिमा पनि सकारात्मक रहनु पर्ने हुन्छ । मानौ तपाई कुनै जागिरका लागि मौखिक परिक्षाका लागि जाँदै हुनु हुन्छ, तपाईले यस्तो सोच्नु पर्ने हुन्छ की सायद भगवानले तपाईलाई यसभन्दा राम्रो विकल्प दिएको पनि हुन सक्छ । अहिले भएन के भयो, भविष्य कसले देखेको छ यो भन्दा पनि राम्रो हुनसक्छ भन्ने भावना तपाईको मनभित्र हुनु जरुरी हुन्छ ।
बनि नं. २ खुशी रहने मानिस माफि माग्न र दिन जान्दछ ।
सबै मानिस भित्र अहंकार रहेको हुन्छ । कहिलेकाहि जानेर वा नजानेर कसैले मानिसको अहंकार वा भावनामा ठेस पुर्याउने कुरा वा काम हुने गर्दछ तर यसमा खुशी रहने व्यक्ति यस्तो सानो तिनो कुरा सम्झेर त्यस्ता विषयहरुलाई मनमा राखेर बस्दैन । यदि कसैले जानेर वा नजानेर गल्ति गर्यो भने पनि उ उसलाई माफि दिन्छ र आफूले गरेको गल्तिमा पनि सहजै माफि माग्दछ । यदि कसैले जानेर पनि गल्ति गर्यो भने पनि उसले यसमा उसको भन्दा पनि उसको सोच, स्वभावको गल्ति हो वा उसले जति जानेको छ त्यत्ति गर्यो भनेर उसले उसलाई माफि दिन्छ । खुशी रहने व्यक्ति माफि माग्न कहिल्यै पनि हिचकिचाउँदैनन् ।
माफिले मानिसलाई सानो बनाउँदैन बरु महान बनाउँदछ । खुशी रहने मासिन सधै माफि दिनुहोस वा एस्क्युज मी, क्षमा गर्नुहोस भन्ने शब्दहरुको प्रयोग गर्नका लागि कञ्जुसि गर्दैन ।
बानि नं. ३ खुशी रहने व्यक्ति आफ्नो चारै तर्फ समर्थन वा साथको विकास गरिरहेको हुन्छ ।
कुनै पनि मानिसका लागि साथ वा समर्थन एउटा महत्वपूर्ण कुरा हो । जीवनमा खुशी रहनका लागि मानिसलाई परिवार र साथीहरुको समर्थन वा साथ अति आवश्यक हुन्छ । यदी तपाईसँग धेरै धन सम्पत्ति छ भने त्यसले तपाईलाई सुख दिन सक्ला तर खुशी नदिन पनि सक्दछ । त्यसैले खुशी रहने मानिस आफ्नो चारैतिर समर्थन वा साथको विकास गरिरहेको हुन्छ ।
खुशी रहने व्यक्ति आफ्नो परिवार र समाजमा राम्रो सम्बन्धको विकास गरिरहेको हुन्छ । घर परिवारको खुशीमा साथ दिनु, सामाजिक कार्यमा साथ वा सहयोग गर्नुले तपाईलाई खुशी रहन मद्दत पुग्दछ । यदी तपाईले गर्नुभएको कामको परिवार र समाजबाट पनि साथ मिल्यो भने तपाईलाई खुशी रहिरहन अझ मद्दत पुग्दछ ।
जति तपाई मिलनसार, मिजासिलो हुनुहुन्छ त्यत्ति नै तपाई खुशी रहन सक्नु हुन्छ ।
बानि नं. ४ खुशी रहने मानि आफ्नो मनले रुचाएको काम मात्र गर्दछन् वा जुन काम गर्दछन् त्यसमा मन लगाएर गर्दछन् ।
यदी तपाईंले आफूलाई मन पर्ने काम गर्नुहुन्छ भने पक्कै पनि तपाई खुशी रहनुहुन्छ र मन लगाएर काम गर्नु हुन्छ । सबै जना कहाँ यति भाग्यमानी हुन्छन् की उनीहरुले मन पराएको काम मात्र गर्न सकुन् तर खुशी रहने मानिस जुन काम गर्दछन् त्यसमा पनि मन लगाएर काम गर्दछन् । मन नपराएको काम पनि मनदेखि नंैं खुशी भएर अँगाल्ने मानिस खुशी रहन्छ ।
प्राय जसो मानिसहरुले आफूले गर्ने कामलाई नराम्रो मात्र सोच्दछन् र साथीभाईहरुसँग कुरा गर्दा पनि आफ्नो जागिर वा काम नराम्रो मात्र भन्ने गर्दछन् जसले उनीहरुलाई खुशी हुनबाट बञ्चित गर्दछ । तर यहाँ खुशी रहने मानिसहरु आफ्नो काममा रमाउँदछन् ।
बानि नं. ५ खुशी रहने मानिस आफ्नो दिमागमा आउने विचारमा पक्का गदैन वा दिमागमा खेल्ने विचारहरुमा विश्वास गर्दैनन् ।
वैज्ञानिकहरुका अनुसार मानिसको मस्तिष्कमा दैनिक ६० हजार देखि ९० हजार विचारहरु आउने गर्दछन् । हरेक व्यक्तिको औसतरुपमा हेर्ने हो भने सकारात्मक भन्दा नकारात्मक सोचहरु बढी आउने गर्दछन् । यदी दैनिक रुपमा आउने नकारात्मक विचारहरुलाई चयन वा अबलम्बन गर्नू भयो भने तपाई कसरी खुशी रहन सक्नुहोला ? यसैले खुशी रहने मानिस दिमागमा आउने नकारात्मक विचारहरुलाई फस्टाउन दिदैनन् । संकाको फाइदा उठाउँदछन् । विचारहरुको तुलना गर्दछन् यो असल हो वा यो खराब हो, हरेक विषयमा संका गर्दछन् जसले उनीहरुको दिमागमा रसायनहरु उत्पादन हुन्छन् जसले तपाईलाई खुशी रहन सहयोग पुग्दछ । जब तपाई नकारात्मक विचारहरुलाई चयन गर्नुहुन्छ भने तपाई पक्कै पनि खुशी हुनु हुने छैन त्यसैले मनमा आउने विचारहरुलाई तत्काल लागु नगर्नुहोस र झट्ट मनबाट आउने कुनै पनि कुरामा निर्णय नगर्नुहोस ।
बानि नं. ६ ः खुशी रहने मानिस आफ्नो कामलाई कुनै ठुलो उद्देश्य वा लक्षसँग जोडेर हेर्ने गर्दछन् ।
एक पटक एउटा मानिस सहरमा हिडिरहेको थियो, उसले एउटा भव्य घर बनाइरहेको ठाउँमा तीन जना मजदुरहरु लाई सोध्यो की तपाई के गर्दै हुनु हुन्छ । पहिलो ले भन्यो देख्नुहुन्न म इटा बोकिरहेको छु । दोश्रोले भन्यो म आफ्नो पेट पाल्नका लागि काम गरिरहेको छु । तेश्रोले भन्यो म यो सहरमा भव्य मन्दिर खडा गरिरहेको छु । पक्कै पनि तपाईहरुलाई थाहा भयो होला ती तीन जना मजदुर मध्ये कुन बढी खुशी होला ।
बानि ७ः खुशी रहने मानिस आफ्नो जीवनका हरेक सुख वा दुःख वा जीवनका घटनाहरुको जिम्मेबारी आफैलाई मान्दछन् ।
खुशी रहने व्यक्ति जिम्मेवारीको बारेमा थाहा पाउँदछन् । यदी आफूलाई नराम्रो भयो भने अरुलाई दोष लगाउँदैनन् । उनीहरु आफैलाई जिम्मेवार ठान्दछन् । जस्तो तपाई कार्यालयका लागि निस्कनुभयो, बाटोमा जाम छ, तपाईलाई ढिलो हुँदैछ तर गाडिहरु जामले गर्दा तपाईलाई ढिलो हुँदैछ । सुखी रहने मानिस ट्राफिक प्रहरी वा सरकारलाई दोष दिदैनन उनि भन्दछन् म अलि चाँडो घरबाट हिड्नु पर्ने थियो ।
आफ्नो सफलताको अरुले प्रशंसा गरुन वा नगरुन आफ्नो असफलताको जिम्मेबार आफैलाई मान्नु भयो भने तपाई खुशी रहन सक्नुहुन्छ । यदी तपाईसँग हुने नराम्रोको जिम्मेवारी अरुलाई ठान्नुभयो भने तपाईमा क्रोध उत्पन्न हुन्छ रिस उत्पन्न हुन्छ यदी तपाई आफैलाई जिम्मेबार ठान्नुभयो भने तपाई अलि निरास हुनुहोला तर यसले तपाई अर्काेपल्ट सहि गर्ने प्रयास गर्नु हुनेछ । गल्ती खाज्नुको सट्टामा आफैलाई सुर्धान थाल्नु भयो भने तपाईको खुशी बढाउनेछ ।
Cooking can sometimes feel like a chore at the end of a busy day. It’s often tempting to throw a ready meal in the oven or call for take out. But preparing a simple and healthy family meal doesn’t have to be hard or time-consuming. Here are some quick wholesome dishes that you and your family will love. They can even be prepared in advance.
I know, what could be better that a steaming plate of fries, gravy and cheese curd? Fries, gravy, cheese curd and bacon, that’s what! Throw in some fresh shallots, chilli, and a splash of roasted bone marrow and duck gravy, and we turn this popular French-Canadian dish into a something sublime.
During the week we’re often walking out the door with a coffee in one hand and slice of toast in the other, but on weekends breakfast is never rushed. It’s a late affair, sometimes spilling over to lunch, with lots of reading and chatter in between courses of fruits, poached eggs, honey and toast. One of our favorite things we like to serve when friends are visiting are buckwheat blueberry pancakes.