(जलेछु भित्र भित्रै, छाती भरी व्यथा छ )
माथिका हरफले मेरै जीवन कहानी शब्द शब्दमा बोलेको छ । जिन्दगीलाई केस्रा केस्रामा केलाउँदा आफैलाई सोध्न मन् लाग्छ के यो पनि जिन्दगी हो र भड्किन खोज्ने मनलाई बहलाउन सोचे जस्तो हुन्न जीवन खोजे जस्तो हुन्न जीवन भन्न मन लाग्छ ।
सत्य हो । सोचे जस्तो, खोजे जस्तो जीवन हामी सबैको कहाँ हुन्छ र यदि सबैको जीवन सोचे जस्तै हुँदो हो त मान्छेहरू किन रुन्थे ।सोचे जस्तो जीवननभएकै कारण समय समयमा सुन्दै मुटु खाने घटनाहरू हाम्रो समाजमा घट्छ । सायद मैलेअलिकति ढिला गरेको भए म पनि त्यस्ता खाले घटनाको रचनाकारमा आफ्नो नाम दर्ता गराउनपुग्ने थिए होला । घाउ बिनाको चोटमा भक्कानिदै मुटुदुःखेको पल, मेरो मनमा पनि त्यस्तो अनर्थ गर्ने रहर जागेरआएको थियो । हुन त जीवन भोगाइसँग सन्तुष्ट नहुने सबैले देहत्याग गर्नै पर्छ भन्ने छैन।
मेरो भोगाइले यस्तै भन्यो । स्वप्नील संसारमाऔंसीको कालो रात आउँदा मलाई त्यो बाटो प्यारोलागेको थियो । पटक, पटक मेरो आत्माले मलाई त्यही बाटो हिँड्न अभिप्रेरित गर्दथ्यो ।जीवनदेखि अघाएर भनौं या हार मानेर । मैले हिड्न खोजेको गोरेटो वास्तवमा गलत रहेछ।
आज म आफैंप्रति गर्व गर्छु । मैले त्यो पल सही निर्णय लिन सकेकोमा । धन्यवाद दिन्छु मलाई त्यो पलमा साथदिने मेरा आत्मीय मित्रलाई । कुरै कुरामा हितैषी मित्रले एक दिन भनेका थिए । आत्महत्या गर्नु त महापाप हो ।मलाई पनि त्यस्तै लाग्यो ।त्यसपछि बल्ल मेरो दोधारे मन काबुमा आयो । मैले गलत गर्नबाट आफूलाई जोगाए । मैले जित्नुपर्छ भन्ने हर मान्छेमा हुने स्वभाव हो । त्यो स्वभावबाट म पनि चोखो छैन । जित्नुपर्छ भन्ने लोभी चाहनाले मलाई पनि बेला बेलामा गाँजेकै हो । सबै मान्छेमा जित्ने चाहना हुन्छ । तर जित्ने तरिका फरक ।जाल झेल गरेर जित्छु भन्ने एकथरी छन् ।अर्कोथरी जाल झेलबिनाको जितलाई मात्र जित हो भन्छन् ।
वास्तवमाजालझेलबिनाको जित नै सही जित हो ।यो जित परन्तु रहन्छ ।म पनि जालझेल बिनाको जित चाहन्थे।त्यो जितमा मेरो पसिनाको लगानी होस् । तर स्वार्थीहरूको बस्तीमा इमानदारिता नचाहेरै मर्दो रहेछ ।मेरो इमानदारिता बिस्कुन लागेको पल एकाएक आफैंसँग हार्न पुगे। म हारेकै हो भन्ने लागेको थियो मलाई त्यो पल ।वास्तवमा त्यो हार, हार थिएन । मैले त्यहाँ हारेर पनि जितेको रहेछु । मैले मान्छे नजिकबाट चिन्ने अवसर पाएँ ।मान्छेलाई तौलन पाउनु मेरो जित थियो । सुन्दर अनुहारभित्र कालो मन लुकेको हुन्छ भन्ने थाहा पाएँ । मअन्धाभक्तको लागि सुतेको मलाई जगाउने माध्यम भयो ।
बलेको आगो ताप्ने जमातमा आफूचाहिं आगो बालेर ताप्छु भन्नु मूर्खता रहेछ । जन्मँदा एक्लै मर्दा पनि एक्लै जानुपर्ने रीत दुनियाँको । त्यसैले तजिन्दगीका मोडहरूमा कोही कसैको साथ हुन्न । बनावटी र देखावटीका साथ अनि नामको मात्र साथ यहाँ धेरै छन् । कमैको भाग्यमा मात्र सही साथ जुरेको हुन्छ ।सही साथ जुर्नेहरू यहाँ हाँसेको छन्,जितेका छन् ।एक अर्कोले मनमा लगाम लगाउन नसक्ने साथहरू भित्रभित्रै दुखेका छन् । त्यस्ता साथहरू नभएकै बेस हो । जसले साथीमा हुनुपर्ने गुण बुझेको हुन्न । जसले साथीले निभाउनुपर्ने भूमिका निभाउन जानेको हुन्न । त्यो साथीसाथी होइन जसले मौका मिल्दा आÏनै साथीको आँखामा पर्दा हाल्ने काम गर्छ । साथी साथी बीचमा कहिले पनि पर्दा हाल्नु हुन्न । हरेक कुराहरू खुला किताबसरह हुनुपर्छ ।यदि यस्तो भयो भने मात्र त्यो साथ दीर्घायु रहन्छ ।त्यो साथ सजिलै शिखरमा पुग्नेछ । मान्छेको जिन्दगी कर्कलो पातको पानी रहेछ ।कहिले पनि यो स्थिर रहन जान्दैन । त्यसैले मान्छेका जीवनमा अनेकौ उतार चढावहरूआउँछ । त्यसको सामना गर्नु नगर्नु हाम्रै हातको कुरा हो ।

बुझेर बुझ्नै सकिन्न हामीले हाम्रो जिन्दगी ।जिन्दगीलाई खोज्दा खोज्दै हामी एकदिन थला पर्छै यसको कुनै निश्चित आकार छैन । आकार हुने भए पो यसलाई बुझ्न र देख्न सकिन्थ्यो । त्यसैले त होला मान्छेको जिन्दगी रहस्यमय भोगाइ बनेको । हरेक मोडमा दोबाटा भेटिन्छन् ।कुनचाहिं बाटोले सही गन्तव्यमा पुर्याउँछ चिन्न सक्नु नसक्नु हाम्रै कमजोरी हो । आज जति पनि परिर्वतन भएको छ। सब समयको माग बुझेर आफूलाई सही बाटोमा हिंडाउन सक्नेहरूबाटै भएको छ । जसले आफ्नो जीवनलाई धेरै नजिकबाट बुझे सही गन्तव्य चिने । आफूलाई सही प्रयोग गर्न जानेकै कारणउनीहरूले जिते सधैंजित्नेछ ।जन्मेपछि एक दिनहामीले मर्नुपर्छ । मान्छे भएर जन्मेपछि बाँचेर मर्ने होइन मरेर पनि बाँच्नु सक्नुपर्छ ।जन्मने र मर्ने काम हामी सबैबाट हुन्छ ।
जन्मने र मर्ने काम मात्र भयो भने हामी मान्छे हुनै सक्दैनौं।हामीले मरेर पनि बाँचिरहने काम गर्न सक्यौ भने मात्र पो हामी मान्छे बन्छौं । स्वार्थबाट मुक्त हुन जरुरी छ । जालझेल र पाप कर्मबाट बँच्न जरुरी छ ।फूलको आँखाले संसार नियाल्नु जरुरी छ । सुन्दर फूल गुलाव पनि त काँडै काँडाबीच फूलेको हुन्छ । आफू काँडाबीच फूलेर पनि बगैंचाको शोभा बढाउन ऊ तल्लीन रहन्छ । हामीले पनि गुलाव बन्ने प्रयास गर्नुपर्छ । सिक्काको दुई पाटा भएझैं हाम्रो यात्राका हरमोडमा दुईटा बाटाहरू हुन्छ। सुख दुःख, हाँसो आँसु, पाउने गुमाउने, लुटाउने लुट्ने, सही गलत । कुन चाहिँ बाटो हामीले हिँड्छौ त्यहीअनुसार हाम्रो स्थान हुनेछ ।कागतीलाई निचोरेझैं मैले पनि आफ्नो मनलाई निचोरे ।
बुझिनसक्नुको जिन्दगीलाईकेही बुझेजस्तो लाग्यो।आफ्नो साथमा जे छ, त्यसैमा सन्तोष मान्यो भने सदा सुखी र खुसी र हुन सकिन्छ। आफूसँग जे जति छ त्यसैमा मनलाईबुझो लगाउन सक्नु बुद्धिमानी हो । यहाँका धेरै मानव मनहरू लुट्नमात्र खोज्छ।हिजोका मेरा भोगाइहरू दशी बनेर मेरै वरिपरि चर्दै छ।मेरा भोगाईहरु, बिवश मेरो कथा हरु – टङ्गी